डडेल्धुरा अस्पतालमा दक्ष प्रसूति प्रदायक SBA तालिम सुरु

डडेल्धुरा अस्पताल डडेल्धुरामा दक्ष प्रसूति प्रदायक तालिम आईतबारबाट सुरु भएको छ । नेपाल सरकारको मातृ मृत्युदर र बाल मृत्युदर कम गर्ने उेद्देश्यलाई सार्थकता दिनका लगि सुदूपश्चिम प्रदेश अन्तरगतको स्वास्थ्य तालिम केन्द्र धनगढीले दक्ष प्रसूति प्रदायक तालिम सुरु गरेको हो ।

प्रत्येक बर्थिङ सेन्टरमा २/३ जना दक्ष स्वास्थकर्मी हुनु पर्ने अहिलेको मापदण्ड अनुसार यो तालिमले नर्सिङ कर्मचारीलाई दक्ष प्रसूतिकर्मीका रूपमा उत्पादन गरी मातृ मृत्युदर न्युन गर्न टेवा पुगाउछ । जसले गर्दा आमा र बच्चाको अकालमै हुने मुत्युलाई न्युनिकरण गर्न मद्दत पुग्ने डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेण्ट डा. जगदीशचन्द्र बिष्टले बताउनुभयो।

तालिम उद्घाटन समारोहमा हाल टिकापुर अस्पताल कैलालीका मेडिलक सुपरिन्टेन्डेण्ट तथा यस डडेल्धुरा अस्पतालका पुर्व नि.मे.सु. डा. जितेन्द्र कँडेलले लामो समयको प्रयास पश्चात डडेल्धुरा अस्पतालमा दक्ष प्रसूतिकर्मी उत्पादन गर्ने तालिम सुरु भएको र यसले गर्दा सुदुरपश्चिम क्षेत्रकै स्वास्थ सुचांक बलियो अबस्थामा पुग्ने बताउनुभयो ।

दूई महिना (६० दिन) सम्म सञ्चालन हुने तालिममा डोटी र बझाङ जिल्लाका ६ जना अनमी तथा स्टाफ नर्सहरु सहभागी रहेका छन् ।