logo

नेपाल सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
डडेल्धुरा अस्पताल
डडेल्धुरा

परिचय

सुदूरपश्चिम प्रदेशमा संघिय सरकार मातहत रहेको एकमात्र विशिष्ट विशेषज्ञ अस्पतालको रुपमा संञ्चालित डडेल्धुरा अस्पताल यस प्रदेशका पहाडी ७ जिल्लाको केन्द्रमा रहेर सेवा प्रवाह गरिरहेको छ । बर्षाै देखी राज्यको नजरबाट विकासको दृष्टिकोणबाट पछाडी पारिदै आएको अवस्थामा बि.स. २०७५।११।०३ गतेमा तत्कालिन नेपाल सरकार मन्त्रि परिषद्ले हाल संञ्चालित अस्पतालको संरचनाको निर्णय गरेको थियो । यस क्षेत्रका ७ पहाडी जिल्लाका समुदायहरुलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि यो अस्पतालको महत्वपूर्ण र विशेष भूमिका रहेको छ ।

हाल अस्पतालको संरचना अनुसारको भौतिक तथा प्राविधिक पूर्वाधारमा केहि कमी रहेतापनि अस्पताललाई व्यवस्थित तुल्याउनका लागि आवश्यकताका आधारमा व्यवस्थापन र सुविधाजन्य भवनहरु निर्माणधिन अवस्थामा रहेका छन् । अस्पतालको सेवा सुविधालाई विस्तार गर्न र विशिष्ट विशेषज्ञ अस्पतालको रुपमा स्थापित गर्न नेपाल सरकारले हालै आफ्नो नीति तथा कार्यक्रममा ५०० शैयाको अस्प्तालको रुपमा विकास गर्ने अवधारणा अगाडी सारेको छ भने, हाल अस्पतालले १४ ओटा विभाग कायम गरि त्यस अनुरुप सेवा प्रदान गरिरहेको छ ।

भविष्यमा नवगठित अस्पताल विकास समितिले अस्पतालको अहिलेको सेवालाई विस्तार गरि प्रभावकारी, गुणस्तरीय, सुविधायुक्त र सर्वसुलभ सेवा प्रदान गर्नका लागि ठोस नीति तय गर्दै अवलम्बन गर्नेछ र यस क्षेत्रका आम नागरिकले स्वास्थ्य उपचार गर्न कै लागि धेरै टाढा धाउनुपर्ने बाध्यात्मक समस्यालाई विकास समितिले अहोरात्र आफ्नो प्रयास मार्फत न्युनिकरण गर्नेछ । जसका लागि यस क्षेत्रको जनसमुदाय, सम्पूर्ण सरोकारवालाहरु, स्थानिय÷प्रदेश÷संघिय सरकारबाट ठूलो साथ र सहयोगको अपेक्षा गरेको छु ।
धन्यवाद ।

उद्देश्य

योजना