Today's date: २०८२-०६-२०
सुदूरपश्चिम प्रदेशमा संघीय सरकार मातहत रहेको एक मात्र विशिष्ट विशेषज्ञ अस्पतालको रुपमा सञ्चालित डडेल्धुरा अस्पताल यस प्रदेशका पहाडी ७ जिल्लाको केन्द्रमा रहेर सेवा प्रवाह गरिरहेको छ । बर्षाै देखी विकासको दृष्टिकोणले पछाडि रहेको अवस्थामा बि.स. २०७५।११।०३ गतेमा तत्कालीन नेपाल सरकार मन्त्रि परिषदले हाल सञ्चालित अस्पतालको संरचनाको निर्णय गरेको थियो । यस क्षेत्रका ७ पहाडी जिल्लाका समुदायहरूलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि यो अस्पतालको महत्वपूर्ण र विशेष भूमिका रहेको छ ।
हाल अस्पतालको संरचना अनुसारको भौतिक तथा प्राविधिक पूर्वाधारमा केही कमी रहे तापनि अस्पताललाई व्यवस्थित तुल्याउनुका लागि आवश्यकताका आधारमा व्यवस्थापन र सुविधा जन्य भवनहरू निर्माणाधीन अवस्थामा रहेका छन् । अस्पतालको सेवा सुविधालाई विस्तार गर्न र विशिष्ट विशेषज्ञ अस्पतालको रुपमा स्थापित गर्न नेपाल सरकारले हालै आफ्नो नीति तथा कार्यक्रममा ५०० शैयाको अस्पतालको रुपमा विकास गर्ने अवधारणा अगाडि सारेको छ भने, हाल अस्पतालले १४ वटा विभाग कायम गरि त्यस अनुरूप सेवा प्रदान गरिरहेको छ ।
भविष्यमा यस क्षेत्रको जनसमुदाय, सम्पूर्ण सरोकारवालालाई स्थानीय/ प्रदेश/ संघीय सरकारबाट प्राप्त हुने सहयोग र समन्वयबाट अस्पतालले अहिलेको सेवालाई विस्तार गरि प्रभावकारी, गुणस्तरीय, सुविधा युक्त र सर्व सुलभ सेवा प्रदान गर्नका लागि ठोस नीति तय गर्दै अवलम्बन गर्नेछ र यस क्षेत्रका आम नागरिकले स्वास्थ्य उपचार गर्न कै लागि धेरै टाढा धाउनुपर्ने बाध्यात्मक समस्यालाई न्युनिकरण गर्नेछ ।
धन्यवाद ।